६ सयले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ जेष्ठ ५, सोमबार १०:५४ गते

हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*