हेटौंडा । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन भइरहेको पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगिताको दुई खेल हुने भएको छ । वर्षाका कारण मैदानमा पानी जमेपछि हेटौंडा–१० र हेटौंडा–१९ बीचको खेल स्थगित भएको छ भने हेटौंडा–१ र हेटौंडा–१४ बीचको खेल स्थगित भएको हो ।
अहिलेसम्म खेलमैदानको अवस्था अनुकुल रहेको जानकारी दिनुहुँदै आज दिउँसो वर्षा भएर पिप्ले–क्याम्पा रंगशालामा खेल सम्भव नभए हेटौँडा–६ स्थित गौरिटार रंगशालामा खेल सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताउनुभएको छ । आज पहिलो खेल हेटौँडा–१ र हेटौँडा–१४ बीच पहिलो खेल हुनेछ भने हेटौँडा–१० र हेटौँडा–१९ बीच दोस्रो खेल हुनेछ ।
सेयर गर्नुहोस्






















