एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ जेष्ठ ७, बुधबार ११:४५ गते

 हेटौंडा। नेपाली बजारमा आज सुनको मूल्य पाँच हजारले बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ९९० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोवार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*