बिहीबार बैंकिङ सेक्टरले सेयर बजारलाई उचालेको छ । धेरैजसो सेक्टर घटे पनि बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेपछि समग्र परिसूचक नेप्से बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से १९.०४ अंक बढेको छ । सो वृद्धिपछि २६८८ मा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआइएसी एशिया बैंकको शेयर ७.८० प्रतिशतले बढेको छ । त्यसैगरि फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर मुल्य ७.१५ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मूल्यमा सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने एमबिएल इक्विटी फन्डको शेयर मूल्य ९ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार एनगाडी पावरको शेयर ६९ करोड एक लाख ७२ हजार ३२५ रुपैयाँको कारोबार भएको छ ।






















