हेटौंडा। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्






















