हेटौंडा । सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज सात सय रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको मूल्य तोलाको एक लाख ८७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ ९५ रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।
सेयर गर्नुहोस्






















