सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ २०, मंगलवार ११:५५ गते

हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*