नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

हेटौंडा टुडे
२०८२ जेष्ठ २१, बुधबार १६:२५ गते

हेटौंडा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।

बुधबार तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री हुँदा पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार चार सय २६ कित्ता शेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*