बुधबार सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ २८, बुधबार ११:१५ गते

हेटौंडा ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभई समान मूल्यमा कारोबार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*