सुनको मूल्य आज पनि बढ्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ २९, बिहीबार ११:०६ गते

हेटौंडा । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँल घटेको छ । आज चाँदी तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*