मकवानपुरगढी – ४ मा फलफूलका बिरुवा वितरण

हेटौंडा टुडे
२०८२ जेष्ठ ३०, शुक्रबार ०८:३० गते

हेटौडा । कृषकहरूलाई फलफूल खेतीमा आकर्षित बनाउनको निम्ति मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ मा फलफुलको बिरुवा वितरण गरिएको छ । मकवानपुरगढी गाउँपलिका वडा नम्बर ४ को आर्थीक सहयोग र  मकवानपुरगढी गाउँपलिका कृषि शाखाको समन्वयमा वडाले बिहीबार विभिन्न प्रकारका फलफूलका बिरुवा अनुदानमा वितरण गरेको हो । वडाले ३ लाख सिलिंङ्ग बजेटबाट एक घर दुई फलफुल विरुवा वितरण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत लागत साझेदारीमा बिरुवा वितरण गरिएको वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाले बताउनु भयो ।

एक घर दुई फलफुल विरुवा वितरण कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष् दोर्जे लामा स्याङ्गताने ‘एक घर दुई फलफूलका बोटबिरुवा रोप्न सक्यौं भने आफैंलाई खान पनि हुने र यो काम को सुरुवातले वडाका किसानहरुमा व्यवसायिक हुन् प्रेरित हुन सहयोग पुग्ने बताउनु भयो ।
३ लाख रुपैयाँमा खरिद गरिएको १ हजार ९ सय ६० लिची, नरिवल , सुपारी र एभोकार्ड़ोको बिरुवा बिहिबार गाउपालिका अध्यक्ष लामा र वडा अध्यक्ष तिमल्सिनाले वितरण गर्नु भएको हो । ६५० घर धुरी रहेको वडामा लिची १२०० , एभोकार्ड़ो ६६०, नरिवल ५० र सुपारी ५० बोट वितरण गरिएको गाउपालिका कृषि बिकास शाखा प्रमुख गोपाल लम्सालले बताउनु भयो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*