झिनो अंकले बढ्यो सेयर बजार

हेटौंडा टुडे
२०८२ असार १, आईतवार १५:५३ गते

हेटौंडा । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार झिनो अंक ०.४७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि उत्साहजनक देखिन्छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो ।

९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ । गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो ।                                      यद्यपि उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*