राक्सिराङमा एक महिने स्वदेशी नेपाली कागज उत्पादन तालिम समापन

हेटौंडा टुडे
२०८२ असार ४, बुधबार १२:०७ गते

हेटौंडा।  मकवानपुरको राक्सिराङमा एक महिने स्वदेशी नेपाली कागज उत्पादन तालिम समापन भएको छ। जिल्ला लघु उद्यमि समूह संघ (डि- मेगा) को आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा
राक्सिराङ गाउँपालिका-३ झिल्किनी २० जनालाई दिइएको तालिम समापन भएको हो। जिल्ला लघु उद्यमि समूह संघ (डि- मेगा) को अध्यक्ष दिपेन्द्र रोक्का छेत्रीको सभाध्यक्षता तथा उद्योग तथा वाणिज्य कार्यालय मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। साथै राक्सिराङ गाउँपालिका -५ स्थित ठाडेचुरीमा संचालन भएको ३ सय ९० घण्टे केयर किभर तालिमको पनि मन्त्री तामाङले नै समापन गर्नुभएको थियो । नेपाली कागज उत्पादन तालिम २० जना र केयर किभर तालिम २० गरि ४० जनाले तालिम लिएका थिए। मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकामा रहेका युवाहरुलाई तालिमले स्वरोजगार बनाउने अपेक्षा लिइएको संस्थाकि सचिव मेनका श्रेष्ठले बताउनुभयो ।
नेपाली कागज उत्पादन तालिमको मुख्य प्रशिक्षक राजेन्द्र सिजापती, सहायक प्रशिक्षक कुबेर तिमल्सिना रहनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी इलिना चेपाङ र थापा बहादुर दोङले आफ्ना भनाइ राख्दै तालिमले आत्मनिर्भर बन्न सहयोग पुर्याएको बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ,सम्बिधान सभा सदस्री गोबिन्दराम चेपाङ, उद्योग तथा वाणिज्य मन्त्रालय निमित सचीव महेश पौडेल, उद्योग तथा वाणिज्य कार्यालय हेटौंडा प्रमुख रामप्रसाद भुसाल, विज्ञसल्लाहकार तारा निधि पोख्रेल, पत्रकार महाङ्घ बागमती उपाध्यक्ष कृष्ण सारु मगर, राक्सिराङ गाउँपालिका- ३ नम्बर वडा अध्यक्ष उत्तम वाइबालगायत प्रशिक्षार्थीहरुको उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*