बुधबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ असार ११, बुधबार ११:०४ गते

हेटौंडा ।  नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । यससँगै मंगलबार तोलामा चाँदी २१ सय ६० रुपैयाँ रहेको बुधबार चाँदी २१ सय ४० रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*