नेप्सेमा २६.५३ अंकको वृद्धि, ७ अर्ब १२ करोड माथिको कारोबार

हेटौंडा टुडे
२०८२ असार १५, आईतवार १५:५९ गते

हेटौंडा । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा कायम भएको छ । आज उत्पादनबाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर २ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक र लघुवित्त समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ । आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार दोहोरो अङ्कले बढेको दिन जोशी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ७ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*