हेटौंडा। लागूऔषध सहित १ जनालाई पक्राउ परेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६०० मिली ग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रवीन्द्र पुडासैनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लागुऔषध कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा पुडासैनीलाई फेला पारी खानतलासी गर्दा लागूऔषध खैरोहेरोईन फेला परेको हो।
उक्त लागूऔषध बरामद गरी पुडासैनीलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्


















