हेटौंडा । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो । जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य २ हजार २८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० र चाँदीको २ हजार २६५ रुपैयाँ कायम भएको थियो ।
सेयर गर्नुहोस्


















