शनिवार राति देखि सोमवार सम्म देशभर ठूलो वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव

हेटौंडा टुडे
२०८२ श्रावण २, शुक्रबार १४:३० गते

हेटौंडा । भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । अबको २ र ३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्न समेत मौसमविद्ले सुझाव दिएका छन ।

मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ ।

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पर्सि आइतवार दिउँसो देखि सोमवार बिहान सम्म देशभर ठूलो वर्षाको सम्भावना रहेको बताइएका छ ।

बाढीको जोखिम भएका र आसापासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*