६ स्थानका राजमार्ग पूर्ण रूपमा अवरुद्ध, पाँच सडक एकतर्फी सञ्चालन

हेटौंडा टुडे
२०८२ श्रावण ५, सोमबार १०:४९ गते

हेटौंडा ।  वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध  भएको  छ । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ ।

बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ ।  पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि काठमाडौं-नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*