हेटौंडा । आज साउनको पहिलो सोमबार। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको छ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ र विवाहित स्त्रीले पतिको आयू लामो होस अनि पतिले चाहेको सबै पुरा होस भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।
त्सैगरी आज एकादशी ब्रत र साउन सोमबार एकैदिन परेको छ। आज कृष्ण पक्षको एकादशी तिथि कामिका एकादशी व्रत हो।


















