आज पनि सुन चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण ७, बुधबार ११:०४ गते

हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदी मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै मंगलबार प्रतितोला २३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २३ सय ५० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*