जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, १५ जना घाइते

हेटौंडा टुडे
२०८२ श्रावण ८, बिहीबार १०:५७ गते

हेटौंडा।  जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन। बाजुराको  हिमाली गाउँपालिका- ५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको  हो ।  कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*