हेटौंडा। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा २३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २३ सय ३५ रुपैयाँ कायम भएको छ ।
सेयर गर्नुहोस्






















