बाढीपहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध

हेटौंडा टुडे
२०८२ श्रावण १३, मंगलवार ११:१६ गते

हेटौंडा । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । कोसी, अरनिको, दशरथ चन्द राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बैतडीमा दशरथ चन्द राजमार्ग मंगलबार (साउन १३) बिहान करिब ०७ः५० बजेदेखि अवरुद्ध छ । पाटन नगरपालिका–४, जेउडेमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा मंगलबार बिहानदेखि दुई ठाउँमा सडक अवरुद्ध छ । अविरल वर्षासँगै चन्द्रकोट गाउँपालिका–८, तल्लोफाँटमा पहिरो खस्दा रिडी–वामी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । गुल्मीमै रुद्रवेणी–वामी सडक अवरुद्ध छ । डहरे खोलामा बाढीका कारण सत्यवती गाउँपालिका–६ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अरू कतिपय सडक यसअघिदेखि नै अवरुद्ध छ ।

मंगलबार बिहान १० बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् सूची:

dsfgm-1753765680.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*