हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मन्त्री खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन्। कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामा विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने तयारी भइरहेका बेला उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ । यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ । ५ जना मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। लामालाई हटाएर बानियाँ संसदीय दलको नेता बन्ने योजनामा छन् ।



















