मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण १३, मंगलवार ११:४२ गते

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला २२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २३ सय रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*