हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक निर्धारित समय भन्दा डेढ घण्टा ढिलो गरी सुरु भएको छ । बैठकको मुख्य एजेण्डा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल रहेको छ ।
संसदीय दलका नेता लामाविरुद्ध २१ जना सांसदले शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ मध्ये माया श्रेष्ठ र मिना पराजुलीले भने मुख्यमन्त्री लामाको पक्षमा रहेको भन्दै प्रस्ताव फिर्ता लिएका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलमा कुल ३७ जना सांसद सदस्य रहेका छन् । यस्तो अवस्थामा संसदीय दलको नेता बन्नका लागि १९ जनाको समर्थन चाहिन्छ ।
यस बैठकको नतिजा कांग्रेसको बागमती प्रदेशको आगामी राजनीतिमा महत्वपूर्ण प्रभाव पार्नेछ ।
सेयर गर्नुहोस्


















