हेटौंडा । नेपाली कांग्रेसको बागमती संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दल नेता पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुरबाट निर्वाचित प्रदेश सांसद उनले आज बुधबार बिहान बागमती प्रदेश सभा भवन परिसरमा उम्मेदवारी दर्ता गराएका हुन्।
सांसद याङ्किला शेर्पा समर्थक तथा कृष्णकुमार तामाङको प्रस्तावकमा बानियाले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेस बागमती संसदीय दलका तत्कालीन नेता बहादुर सिंह लामामाथि अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ दलको नेताका लागि निर्वाचन हुन लागेको हो।
सेयर गर्नुहोस्


















