मुख्यमन्त्री लामाले पनि गराए फेरि संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता

हेटौंडा टुडे
२०८२ श्रावण १४, बुधबार ११:२१ गते

 हेटौंडा ।  नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार मात्र कांग्रेस संसदीय दलले अविश्वास प्रस्ताव पारित गर्दै दलको नेताबाट हटाएका उनले पुन पदमा आउन बुधबार सुरु निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।

प्रदेश सभा भवन परिसरमा जारी चुनावी प्रक्रियामा सामेल हुँदै मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

मंगलबार कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा ३७ सांसदमध्ये २२ सांसद मुख्यमन्त्री लामाविरुद्ध मत दिए। जसका कारण दल नेता पद रिक्त भएपछि आज चुनाव गरेर पुन: चयन गर्न लागिएको हो।

यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । यसअघि लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए ।

अब दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*