आज यी २२ जिल्लामा बाढीको मध्यम जोखिम

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार १३:१० गते

हेटौंडा। आज दोलखा, सिन्धुपाञ्चोक, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी, डडेलधुरामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका र आसपासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच आज मधेश प्रदेशसहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेश प्रदेशलगायत बाँकी तराई भू-भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा तराई भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*