बागमतीका मुख्यमन्त्री लामालाई राजीनामा दिन सभापति देउवाको निर्देशन

हेटौंडा टुडे
२०८२ श्रावण १६, शुक्रबार १०:५९ गते

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमै बोलाएर लामालाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री लामाले राजीनामा दिएपछि प्रदेशमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त हुने सभापति देउवाको भनाइ थियो । साथै  देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको छ।

सरकारबारे छलफलका लागि सभापति देउवाले बोलाएपछि बिहीबार नै काठमाडौँ पुगेका मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन निर्देशन गरेको एक सांसदले बताएका हुन ।

उनका अनुसार छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो । सभापति देउवाको निर्देशन पछि मुख्यमन्त्री लामाले आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*