शुक्रबार घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ श्रावण १६, शुक्रबार ११:०५ गते

हेटौंडा । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो ।  जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।  बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम  थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*