वर्षाका कारण यी सात स्थानका सडक पूर्ण रूपमा अवरुद्ध

हेटौंडा टुडे
२०८२ श्रावण १८, आईतवार १३:२२ गते

हेटौंडा । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । कोसी, सहिद राजमार्ग लगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हुल्लामा कर्णाली करिडोर अवरुद्ध छ । सर्केगाड गाउँपालिका–१, खच्चामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार (साउन १८) बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । वर्षासँगै पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा पनि सडक अवरुद्ध छ । अविरल वर्षापश्चात् नलगाड नगरपालिका–११, चौखाखोलामा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसबाहेक संखुवासभा, रसुवा, रोल्पा र रुकुम पश्चिममा पनि कुनै ठाउँमा सडकखण्ड यसअघिदेखि अवरुद्ध छ ।

आइतबार मध्याह्न १२ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकको सूची हेर्नोस्–

fasgm-1754205098.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*