मंगलबार सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण २०, मंगलवार ११:५० गते

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*