बुटवल-नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

हेटौंडा टुडे
२०८२ श्रावण २०, मंगलवार १२:४३ गते

हेटौंडा । सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडकखण्ड सञ्चालनमा आउन नसकेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षाका कारण अवरुद्ध सडक सञ्चालन गर्न नसकिएको जानाइएको छ।

पहिरोसँगै वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात अवरुद्ध भएको हो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ‘ग्राभेल’ राखे पनि आवागमन सहज हुन नसकेको हो।

दाउन्ने क्षेत्रको सडकमा हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा थप समस्या भएको छ । २४ घण्टादेखि सडक अवरुद्ध भएपछि अहिले सयौँ यात्रु र सवारी चालकहरू बीच बाटोमा रोकिएका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*