हेटौंडा । आउँदै गरेको तीजलाई लक्षित गरी ‘नारी मस्तिमा’ बोलको तीज गीत सार्वजनिक भएको छ। मुकुन्द रूपाखेतीको शब्दमा तयार पारिएको यस गीतमा गायिका सिर्जना खत्री ‘हाउडेमाया’ कै स्वर तथा संगीत सुन्न सकिन्छ । गीतको कथा समेत खत्रीकै रहेको छ । भिडियोमा सिर्जना खत्री ‘हाउडेमाया’ छुट्टै खाल्को साडिमा टिपटप बनेको देखिन्छ।
‘नारी मस्तिमा’ गीतले तीजको अवसरमा महिलाहरूले आफ्ना पीडा बिर्सेर स्वतन्त्र रूपमा रमाइलो गर्ने सन्देश दिन खोजेको छ । गीतको भिडियो नीतिन चन्दले निर्देशन गरेका हुन्। भिडियोमासारी लगाएर चिटिक्क परेर बस्तीबस्तीमा महिलाहरू नाच्दै रमाएको दृश्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
सेयर गर्नुहोस्


















