गाईजात्राको अवसरमा बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

हेटौंडा टुडे
२०८२ श्रावण २३, शुक्रबार १०:४७ गते

हेटौंडा। बागमती प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। साउन २५ गते आइतबार गाइजात्रा पर्वको परेकोले गाइजात्रको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।

यस अघि काठमाडौं उपत्यकामा मात्र बिदा दिइदै आएकोमा यस वर्षबाट प्रदेशभर सार्वजनिक बिदा दिएको हो।विदा बारे प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरिसकेको छ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक  विज्ञप्ति जारी गरि बिदा बारे जानकारी दिएको छ। बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार गत २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद बैठकले गाइजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

Screenshot_20250807_14410-1754557648.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*