बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिंदै

हेटौंडा टुडे
२०८२ श्रावण २७, मंगलवार ११:०६ गते

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन । हेटौडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन् । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । कांग्रेसका ३७ र एमालेको २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीको बनेका बानियाँले २७ गते विश्वासको मत लिन सभाको सचिवालयमा सूची दर्ता गराएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठित सरकारका मुख्यमन्त्रीले १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

कांग्रेसका असन्तुष्ट १४ सासंदले बानियाँलाई मत दिने
विश्वासको मत लिने समय नजिकिदा असन्तुष्ट बनेका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा निकट १४ सासंदले  आफ्ना माग सम्बोधन नभए राजिनामा दिने बताइरहदा अन्ततः बानियाँलाई मत दिन तयार भएको स्रोतले बताएको छ।
१४ सांसदको असन्तुष्टि पार्टी सभापति शेरबहादुर देउवा निवास सम्म पुगेपछि, बानियाँ र लामालाई राखेर मिलाएर जान र बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका थिए। लामा निकट सांसदको पहिलो मुद्दा ३ जना सासंदलाई मन्त्री नियुक्त गर्नुपर्ने रहेको थियो।

विश्वासको मत दिएपछि माग सम्बोधन हुनेछ र सभापति ज्यूले पनि विश्वसको मत दिनु भन्नुभएकोले सुनिएको विवाद समाधान भएको र वहाँहरुले पनि दलका नेताको पक्षमा मतदान गर्ने बानियाँ निकट एक सांसदले बताएका छन्। यता लामा निकट सासंदले हामी मत दिन्नौ भनेर  लामालाई चेतावनी दिइरहेको बुझिएको छ। कांग्रेस संसदीय दलको बैठकले पनि दलका नेता बानियाँलाई विश्वासको मत दिन, तटस्थ नबस्न र बैठकमा अनिवार्य उपस्थिति हुन थ्रि लाइन ह्विप जारी गरिसकेको छ। कांग्रेसको ह्विपसंगै एमालेले पनि बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*