मंगलबार पनि सेयर बजार घट्यो

हेटौंडा टुडे
२०८२ श्रावण २७, मंगलवार १५:३६ गते

हेटौंडा । साताको कारोबारको दिन मंगलबार पनि सेयर बजार घटेको छ। बजार परिसूचक २६.२२ अंकले घटेर २८०० को मनोवैज्ञानिक विन्दुभन्दा तल छरेको हो । योसँगै २७९६.२४ अंकमा बन्द भएको छ।

आज बजारमा कुल ६ अर्ब ९१ करोड ८९ लाखको कारोबार भएको छ। आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये जम्मा २४ वटाको मात्र मूल्य बढेको छ । २२५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १ कम्पनीको मूल्य भने स्थिर रह्यो। उता समूहगत सूचकतर्फ आज होटल तथा पर्यटन बाहेक सबै क्षेत्र नकारात्मक रहेका छन् । यद्यपि आज कुनै पनि समूहका सूचकमा २ प्रतिशत भन्दा धेरैको घटबढ छैन ।

बजार घटे पनि आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र लक्ष्मी लघुवित्त तथा शिवम् सिमेन्टको पनि २० करोड माथिको कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*