आज सुनचाँदीको मूल्य सामान्य बढ्यो

हेटौंडा टुडे
२०८२ भाद्र ५, बिहीबार ११:४६ गते

हेटौंडा । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको हो ।  मूल्य बढेसँगै आज बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सुनको मूल्य बुधबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यता बुधबार प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आज बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*