आज सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ भाद्र ३०, सोमबार ११:०१ गते

हेटौंडा । नेपाली बजार आज सुन चाँदीको मूल्य फेरि बढेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*