बिहीबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ आश्विन ९, बिहीबार ११:१७ गते

हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।  यससँगै बिहीबार छापावाल सुनको मूल्य  तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*