मनाङमा भारी हिमपात : हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

हेटौंडा टुडे
२०८२ कार्तिक १२, बुधबार ११:१२ गते

हेटौंडा ।  भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

“फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ”, उनले भने ।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए । २५ किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*