एकैदिन सुनको मूल्य तोलामा ४९०० रुपैयाँ बढ्यो

हेटौंडा टुडे
२०८२ कार्तिक २५, मंगलवार ११:१३ गते

हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार १ सय ७० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*