नयाँ मतदातामा निर्वाचनको उत्साह

हेटौंडा टुडे
२०८२ कार्तिक २७, बिहीबार १२:२८ गते

 हेटौंडा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ  मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ ।

बुधबार एकै दिन ३० हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० जना रहेको छ । यसमा बुधबार मात्रै थपिनेको संख्या ३० हजार ३७३ जना रहेको छ ।

यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्ला केही दिन अझ मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् । किनभने, राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गरिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*