विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गरिँदै

हेटौंडा टुडे
२०८२ कार्तिक २७, बिहीबार १५:२७ गते

हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे कानुन संशोधन प्रक्रिया अगाडि बढाएका छौँ,’ गृहमन्त्री अर्यालले भने । प्राविधिक रूपमा कसरी काम गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको उनले बताए । यसअघि गृह मन्त्रालयले आवश्यक ऐन संशोधन गर्ने गरी अध्यादेशको मस्यौदा सुझावका लागि निर्वाचन आयोग पठाएको थियो । आयोगले सुझाव दिइसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*