हेटौडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं – ३ मा रहेको देविडाँडाको एक घरबाट आज सुक्रबार नगद सहित गरगहना चोरी भएको छ । दिउँसो करिब ११ बजेको समयमा घरमा कोहि नभएको समय पारी स्थानीय पुष्पकमल सुवेदीको घरबाट चोरी भएको प्रहरीले जनाएको छ ।
चोरले घरमा लगाएको ताल्चा तोडफोड गरेर नगद एक लाख पच्चीस हजार र दस लाल सुनको मुद्रा , अडाई तोला चादि को गरगहना र एउटा मोवाइल फोन चोरी गरेको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ ।
सेयर गर्नुहोस्






















