लगातार चार दिन सार्वजनिक बिदा

हेटौंडा टुडे
२०८३ जेष्ठ ८, शुक्रबार १२:१६ गते

हेटौंडा। सरकारले आउँदो जेठ १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सोहि दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद–उल–अज्हा) परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले विज्ञप्ती जारी गरेर इस्माल धर्मालम्बीहरुलाई शुभकामना समेत व्यक्त गरेका छन्।

जारी विज्ञप्तिअनुसार मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ। १५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ । १६ गते शनिबार छ । १७ गते आइतबार पनि बिदा नै छ ।

null

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*