झडप पछि सिमरामा कर्फ्यु आदेश जारी

हेटौंडा टुडे
२०८२ मंसिर ३, बुधबार १२:५७ गते

हेटौंडा । जितपुर-सिमरा उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।  सिमरा विमानस्थल आसपास क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको हो ।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।  झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको हो  ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*