जेन-जी आन्दोलनमा फरार एक कैदी पक्राउ, बुझाइयो भिमफेदी कारागार

हेटौंडा टुडे
२०८२ मंसिर ४, बिहीबार १२:१८ गते

हेटौंडा ।  जेन-जी आन्दोलनकाे चर्को माहोल चलिरहेका बेला केन्द्रिय कारागार सुनधारा, काठमाडौंबाट फरार भएका कैदी भुपेन्द्र बस्नेत पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ला.औ. खैरो हेरोइन मुद्दामा सजाय भोगिरहेका मकवानपुर थाहा नगरपालिका–९ बस्नेत टोलका ३२ वर्षीय भुपेन्द्र बस्नेत जेन-जी आन्दोलनको फाइदा उठाई कारागारबाट भागेका थिए । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*